सिधा कुरा जनतासँगको ५०० औँ श्रृङ्खला : रवी लामिछानेले लेखे, ‘तपाईंको शिर झुक्न दिनेछैन’

काठमाडौं – लाखौँ जनताले अत्याधिक मन पराएको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता पत्रकार रवी लामिछानेले सिधा कुरा जनतासँगको सफलतापूर्वक ४९९ भाग सञ्चालन गरेको खुसीयाली साट्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो पोष्ट गरेका छन् । उनले लेखेका छन्, यो यात्राले केवल दियो,केही लिएन। केही गुमाउनु परेन बरु अवर्णनिय माया,आशिर्वाद,सल्लाह, सुझाव, प्रेरणा पाईयो। आलोचनाहरुले सिकाउनु विधि सिकाए।अब आगामी यात्रा पृथक हुनेछ। शीर, न आफ्नो झुकाउछु न बिश्वास गरि समर्थन दिने तपाईंको झुक्न दिनेछु।बाँकी आज राति ८ ४५ बजे न्यूज २४ मा ।


उनको स्टाटसमा दर्शक समर्थकले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतिक्षा गरेको उल्लेख गरेका छन् ।

लामिछाने नेपाली जनताले अत्याधिक रुचाएका पत्रकार हुन् । समाजमा लुकेका तथा कनेक्सन, पावर र पैसाको आडमा लुकाइएका विभिन्न विसङ्गतिको यथार्थ प्रस्तुत गर्ने यस कार्यक्रमको माध्यमबाट सयौँ नेपाली चेलीको उद्धार भएको छ भने हजारौँ वैदेशिक रोजगारीका समस्यामा अल्झेकाहरुको समाधान भएको छ । यतिमात्रै होईन उनको कार्यक्रमबाट अन्याय अत्याचारमा परेकाहरुले न्याय पाएका छन् । आर्यघाटमा फालिएका, लिबियामा बाँचेकादेखी साङ्लोले बाँधिएकासम्म स्टुडियोमा आएर उनीसँग आँशु झार्छन् । र धन्यवाद् दिएर फर्किन्छन् ।

यसर्थ उनलाई जनताको अत्याधिक साथ र सहयोग छ । यद्यपी पत्रकारिताको मूल मर्मबाट टाढा रहेका र आफैँलाई सर्वेसर्वा ठान्नेहरुको नेक्सस जालो ले भने पत्रकारिताको आडमा नै टेकेर उनको व्यक्तिगत, पारिवारीक विषयलाई समाचार बनाएर निरन्तर खेदो खनिरहेका छन् ।

लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको ५०० औँ श्रृङ्खला आज राति ८ : ४५ बजे न्यूज २४ टेलिभिजनबाट प्रशारित हुनेछ ।

सबै तस्वीर : पत्रकार लामिछानेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?