दिल्ली पुलिसलाई गोली हान्ने शाहरुख पक्राउ, गरेका थिए ८ राउण्ड फायरिङ्ग

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए) लाई लिएर भारतको दिल्लीमा लगातार दुई दिन यता आन्दोलन चलिरहेको छ ।

प्रदर्शनकारीले पेट्रोल पम्प तथा गाडीहरुमा आगो लगाईरहेका छन् । सोमवार भएको उत्तर पूर्वी दिल्ली प्रदर्शनमा पुलिसलाई फायरिङ्ग गर्नेवाला व्यक्तिको पहिचान प्रहरीले पत्ता लगाएको छ ।

प्रहरीलाई गोली चलाउनेवाला शाहरुख नामका ति व्यक्तिलाई पुलिसले पक्राउ गरेर हिरासतमा राखेको छ । उत्तरी पूर्वी दिल्लीमा आइतवारदेखि नै सीएएको बिरुद्धमा तथा सीएएको समर्थनमा २ गुटहरुबीच प्रदर्शन भईरहेको हो ।

सोमवार अचानक एक व्यक्तिले बन्दुक निकालेर ८ राउण्ड गोली चलाएका थिए । भारतीय सञ्चारमाध्यामका अनुसार रातो रंगको टिसर्ट लगाएका ति व्यक्तिको नाम शाहरुख रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?