काठमाडौं ।विभिन्न सामानमा टाँसिने अर्बौं रुपियाँ पर्ने अन्तशुल्क स्टिकर खरिद गर्नका लागि सर्वोच्च अदालतले सरकारलाई सोमबार बाटो खोलिदिएको छ।
न्यायाधीशहरू दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अन्तशुल्क स्टिकर खरिद गर्नका लागि बाटो खोलिदिएको हो।
सरकारले अन्तर्राष्ट्रियस्तरबाट स्टिकर खरिद गर्नका लागि गत असोज १३ गते बोलपत्र आह्वान गरेको थियो। त्यस्तो बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने सर्त राखिएको थियो।
त्यस्तो सर्तले नेपाली कम्पनीलाई उपेक्षा गरेको उल्लेख गर्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले सो रिटलाई खारेज गरिदिएको हो। रिट निवेदन खारेज भएपछि स्टिकर खरिदका लागि बाटो खुलेको नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया