काठमाडौँ । डेरी उद्योग संघ काठमाडौँको नयाँ नेतृत्वमा राजकुमार दाहाल चयन भएका छन् । संघको ११ औं वार्षिक साधारणबाट उनी २ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी संघको उपाध्यक्षमा निरन्जन श्रेष्ठ, महासचिवमा विश्वराज बस्नेत महासचिव र कोषाध्यक्षमा पुष्पराज बस्नेत सर्वसम्मत चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा राजुबाबु श्रेष्ठ,रामचन्द्र उप्रेती,सन्तोषलाल श्रेष्ठ,जेनन सैंजु, मिलन कुमार सिंह र रवि प्रसाद रिजाल चयन छन् ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि एबम नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले बधाई तथा शुभकामना ज्ञापन गर्दै गुणस्तरीय उत्पादनमा जोड दिन सुझाव दिएका थिए ।
विगतमा पनि दुग्धजन्य पदार्थहरुको उत्पादन र बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संघ आगामी दिनहरुमा अझै सशक्त बन्दै जाने विश्वास रहेको भन्दै अर्यालले सरकारको तर्फबाट हुनसक्ने सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया