काठमाडौँ ।
‘मान्नै पर्ने ट्राफिक नियम
नमानेमा जान्छ है जीवन’
यसरी नै सांरगीको धुनमा ट्राफिक चेतना दिएका छन्, ट्राफिक प्रहरीका साथमा सांरगी बाधकहरुले ।
ट्राफिक नियम, सडक अनुशासन र सडक चेतना जगाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारंगी बजाएर सचेतनात्मक कार्यक्रमवाट हालसम्म ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको छ ।
‘मान्छेहरुलाई सांरगीको मधुर धुनमार्फत चेतना जगाएमा बढी प्रभावकारी होला भनेर अभियान थालिएको हो र मान्छेलाई गीत संगीतमार्फत सम्झाएमा त्यो लामो समयसम्म सम्झना हुने भएकोले यो अभियान सञ्चालन गरिएको हो ।’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने।
माहाशाखा प्रमुखका अनुसार नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, विर अस्पताल, क्यान ईन्फोटेक, न्यूरोड, रत्नपार्क वरिपरी, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, स्वयम्भू, कंलकी, कोटेश्वर, एयरपोर्ट, जावलाखेल, गौशाला, चावहिल लगायतका ठाँउमा सचेतना कार्यक्रम गरिसकेको छ।
यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुका साथै ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग पुगेको महाशाखा प्रमुख ढकालले वताए ।
यस सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरीलगायतहेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले प्रस्तुति दिएका छन् ।
माघ२९ गतेदेखि काठमाडौं उपत्यकाकोमुख्य चार वटा फरक फरक चोकहरूमा सांरगी बजाउँदै दैनिक ट्राफिक नियमको सचेतना जगाउने काम भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया