नेपालको नक्सा जस्तो केक काटेको भन्दै ओलीको आलोचना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा स्वरुपको केक काटेको भन्दै आलोचना भएको छ । नक्साको संरक्षण गर्नुपर्नेमा ओलीले नक्सा स्वरुपको केक काटेको भन्दै आलोचना भएको हो ।
ओली आज आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुमस्थित जन्मघर पुगेका छन् । ओलीको सो केक हेलिकप्टरमा लगिएको थियो ।
सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?