नागढुङ्गाबाट एक युवती पक्राउ

काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाईन्टबाट अवैध लागु औषध खैरो हेरोईन सहित एक युवतीलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी प्रभाग नाँगढुंगाले चेक जाँच गर्ने क्रममा अवैध लागु औषध खैरो हेरोईन सहित एक युवतीलाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकाेटका अनुसार काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा सवार जिल्ला झापा शिव सत्तासी नगरपालिका वडा नं. ११ घर हुने बर्ष २३ की वीना डाँगीलाई शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी लुकाई छिपाइ राखेको लागु औषध खैरो हेरोईन ४.२६ ग्राम फेला परेकाे जनाएको छ।

डाँगीलाई तत्काल नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?