२०७६, ११ फाल्गुन आईतवार २२:०३

नेपाली सेनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमा राष्ट्रपति


प्रकाशित मिति : २०७६, ११ फाल्गुन आईतवार २२:०३

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङगीअड्डामा आज साँझ आयोजित स्वागत तथा संस्कृति कार्यक्रममा सरिक हुनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित हुनुहुन्थ्यो ।

संवैधानिक निकायमा प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावको पनि समारोहमा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस