ओलीको जन्मदिनको केक बोक्न हेलिकप्टर प्रयोग गरेको भिडियो भाइरल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा केक बोक्नका लागि हेलिकप्टर भएको बताइएको छ । ओलीको लागि केक बोकेर आइतबार दिउँसो एक हेलिकप्टर तेह्रोथुमको आठराइ पुगेको हो ।
हेलिकप्टर ओली पुगेको कार्यक्रमस्थल नजिकै पुग्दा स्थानीय हेलिकप्टरले उडाएको धुलोले ढाकिएका थिए ।
अहिले सामाजिक सञ्जालमा ओलीको जन्मदिनमा केक बोक्न हेलिकप्टर प्रयोग भएको भन्दै आलोचना सुरु भएको छ । यस विषयमा ओलीको सचिवालयसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । ओली आफ्नो ६९ औं जन्म दिन मनाउन आइतबार आफ्नो जन्मघर तेह्रथुमको आठराइ पुगेका थिए । त्यहाँ उनको जन्मदिन धुमधामका साथ मनाउँदा केकका लागि हेलिकप्टर चार्डड भएको हो ।

आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको हो । सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?