तराई मधेसका कतिपयमा जिल्लामा मधेसी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी नगद र जिन्सी दाइजो माग्ने चलन कायमै छ । तर रुपन्देहीको मर्चवारमा हिन्दू र मुस्लिम समुदायका तीन जोडीले एकै मण्डपबाट दाइजोसहित बिबाह गरेर सामाजिक सन्देश दिएका छन् । एक सय एक जोडीको दाइजोरहित विवाह गर्ने लक्ष्यसहित मर्चवारमा आयोजना गरिएको महायज्ञमा स्थानीय दुई र भारतीय एक जोडीको बिना लेनदेन विहे भएको गोरखापत्रमा खबर छ ।
रुपन्देहीको सम्परीमाइ गाउँपालिका ५ मा दाइजोमुक्त समाज निर्माणका लागि भन्दै यही फागुन ३ देखि महायज्ञ चलिरहेको छ ।
यज्ञस्थलमा हिन्दूको विवाहका लागि भारतको अयोध्याबाट धर्मगुरु तथा मुस्लिम समूदायका लागि स्थानीय मौलानाद्वारा विवाह विधि सम्पन्न गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया