काँग्रेसले बोलायो छाया सरकारको बैठक

काठमाडौं । सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै ‘छाया सरकार’ बनाएको कांग्रेसले आफ्नो गतिलाई थप सशक्त बनाउने तयारी गरेको छ । सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउन लागेको हो ।
त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आइतबारका लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जानकारी दिइन् । राजधानी दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?