एमसीसीको विषयमा नेकपाले निर्णय लिन सकेन, गोकुलको विषयमा अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई

काठमाडौँ । शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा ठोस लिन असफल भएको छ । शनिबार बसेको सचिवालय बैठकमा यसबारे निर्णय लिन थप छलफलमा जुट्ने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने तय भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।

संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ । अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेमन थिए ।
बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियार लगायतका निकायलाई गम्भीर रुपमा छानबिन गर्न नेकपाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?