जन्मघर तेह्रथुम गएर यसरी मनाउनेछन् ओलीले जन्मदिन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् । अघिल्लो वर्ष बालुवाटारमौ आफ्नो जन्मदिन मनाएका ओलीले यसवर्ष भने आफ्नो जन्मघर तेह्रथुममा पुगेर जन्मदिन मनाउन लागेका छन् ।
जन्मदिन मनाउनका लागि उनी आइतबार बिहानै आफ्ना बुबा र श्रीमतीसहित तेह्रथुम जानेछन् ।

तेह्रथुमको आठराईस्थित इवामा ओलीको पुर्ख्र्यौली घर रहेको छ । सोही घरमा ओलीको जन्मदिनका लागि भनेर नै विषेश कार्यक्रमको आयोजना गरीएको छ । सो कार्यक्रमको चाँजोपाँजो नेकपा तेह्रथुमले मिलाएको बताइएको छ ।

त्यहाँ उनले विशेष समारोहलाई सम्बोधन गर्नुका साथै आफ्नो बालसखालाई भेट्न समेत कार्यक्रम रहेको छ । उनले बालसखाहरुसँगै बसेर आफ्नो जन्मदिनको खसीयाली केक खाटेर मनाउनेछन् ।

ओलीको बाल्यकाल त्यही बितेको थियो भने पछि उनको परिवार झापा झरेको थियो । पछिल्लो समय ओलीले आफ्नो पुर्ख्र्यौली घरको मर्मत सम्भार गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?