भारतीय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेश भ्रमणमा चीनको टाउको दुखाई !

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले अरुणाचल प्रदेशको भ्रमण गरेका छन् । अरुणाचल प्रदेशले पूर्ण राज्यको हैसियत पाएको वार्षिकोत्सवमा विशेष कार्यक्रम गरेको र शाह सोही कार्यक्रममा सहभागी हुन गएका हुन् । शाहले अरुणाचलको राज्य गठनको ३४ औं वर्षगाँठ कार्यक्रममा सहभागी हुन अरुणाचल प्रदेशमा गएका थिए । तर शाहको उक्त भ्रमणको छिमेकी राष्ट्र चीनले भने विरोध जनाएको छ ।

चीनले पनि अरुणाचल प्रदेशमाथि दावी गर्दै आएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा दावी गर्ने गरेको छ । त्यसै कारण पनि चीनले शाहको उक्त भ्रमणको विषयमा विरोध जनाएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

उक्त भ्रमणप्रति आपत्ती जनाउदै बेइजिङले, ‘अरुणाचल प्रदेशको भ्रमणले बेइजिङको भौगोलिक सार्वभौमिकता र साझा राजनीतिक विश्वासमाथि आघात पु-याएको’ भनेको छ ।

उक्त कार्यक्रममा शाहले राज्यको विकास निर्माणसम्बन्धी कयौं परियोजना घोषणा समेत गरेका छन् । ३४ वर्ष अघि फेब्रुअरी २० मा अरुणाचल प्रदेश युनियन टेरिटोरीबाट पूर्ण राज्यको दर्जा दिइएको थियो ।

त्यसो त चीनले भारतीय नेताको अरुणाचल प्रदेश भ्रमणलाई सधैं विरोध जनाउदैं आएको छ । तर उता भारतका विदेश मन्त्रालयका प्रवक्ताले चीनको प्रतिक्रियाको जवाफमा ‘अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको’ बताएको छ । अरुणाचल प्रदेशमा दुई देशको विवाद सल्टाउन दुई देशबीच २२ पटक विशेष वार्ता भइसकेको छ ।

लामो समयदेखि चीन र भारतको सिमाना क्षेत्रको ३४८८ किमी क्षेत्रमा विवाद रहदैं आएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?