रोकिएन साना वन्यजन्तुको तस्करी

काठमाडौँ, फागुन १० गते । नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन । सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो ।
एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ । जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको छ । अवैध गतिविधि रोक्दै संरक्षणमा भारतसँग साझेदारी गर्न नेपाल र भारतबीच दुई देशीय सम्झौता गर्ने तयारी भएको छ तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ ।
सम्झौताको दस्तावेज वन तथा वातावरण मन्त्रालयमा पुगे पनि भारतले नेपालको तर्फबाट थप गरिएका केही बुँदापछि जवाफ नदिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले बताए। गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?