सिरियामा हवाई आक्रमण, तेत्तीस सर्वसाधारण मारिए

बेरुत, १५ माघ – सिरियामा प्रशासनले कारबाहीमा परी ३३ जना सर्वसाधारण मारिएका सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ प्रशासनले गत चौबीस घण्टामा गरेको हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् उत्तरपश्चिमी प्रान्त इदलिबमा सरकारी सुरक्षाकर्मी जिहादी लडाकूहरू विरुद्ध भिडन्त गरिरहेका छन् बेलायतस्थित उक्त संस्थाले साराक्वेबमा सरकारी सेनाले बजार क्षेत्रमासमेत गोलाबारी गरेको र विभिन्न स्थानमा गरी सोमबार मात्रै २७ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?