राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ४० महिना जेल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय भएको छ ।  उनलाई जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति घृणा व्यक्त समेत गरेकी छन् ।

कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी भनिएको थियो ।

स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् भने ट्रम्पले उनलाई सफाइ दिइनुपर्ने बताएका छन् ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?