२०७६, ९ फाल्गुन शुक्रबार ०८:२४

अमेरिकामा बहुबिबाहलाई अपराध नमान्ने पक्षमा मत


प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार ०८:२४

संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरुको आपसी सहमतिमा गरिने बहुबिबाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ । विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग बिबाह गरेको पाइएमा पाँच वर्षसम्म जेल हुन सक्ने व्यवस्था छ ।
सो नयाँ कानुनका पक्षधरहरुले यसले बहुबिबाह अभ्यास गर्ने समूदायसँग सम्बन्धित गोप्यता हटाइदिने र केही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन् । तर आलोचकहरुले भने यसले पीडकहरुलाई झन् बल पुग्ने बताएका छन् । सिनेटले पारित गरेको सो विधेयकलाई अब राज्यको तल्ले सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ । राजधानी दैनिकमा यो खबर छ।

प्रतिक्रिया दिनुहोस