बाँस्कोटामाथि लेखा समितिले पनि छानबिन गर्ने

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, * kmfu’g M ;fj{hlgs n]vf ;ldltsf] laxLaf/ l;+xb/af/ a;]sf] a}7sdf ;xefuL . a}7sdf ;]So’l/6L k|];af/] 5nkmn ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण प्रेस खरिदका लागि अध्ययन गर्न निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणबारे छानबिन गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयसँग पटकपटक गरिएका भ्रमण खर्चसम्बन्धी विवरण मागेको छ ।

बाँस्कोटाले स्विस कम्पनी ‘केबीए नोटासिस’ का एजेन्ट विजयप्रकाश मि श्रसँग ७० करोड घूस मागेको’ अडियो) सामग्री सार्वजनिक भएपछि लेखाका सदस्यहरूले भ्रमण खर्चमा समेत अनियमितता भएको आशंकामा मन्त्रालयसँग हिसाब विवरण मागेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?