नुवाकोट – नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर – ४ कुलकुले मा यात्रुवाहक बस दुर्घटनामा हुँदा घाईते भई अस्पताललमा उपचाररत बिरामीलाई नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहान करिब सवा नौ बजे दुर्घटनामा पर्दा १६ जना घाईते भएका थिए । उनीहरुमध्ये केहिको अवस्था गम्भिर छ ।
केसीले उनीहरुको उपचारमा कठिनाई भए नभएको आर्थिक समस्या लगायतका विषयमा बुझेका थिए ।
१३ घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको थियो । १ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
सख्त घाइते थप्रेक आरुखर्ककी ७५ इन्दिरा खतिवडा र अर्का एक जनालाई भने हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

बस चालक फरार छन् भने सहचालक हरि मैनालीलाई इप्रका पञ्चकन्याले नियन्त्रणमा लिएको छ ।
सई सहनीका अनुसार सहचालकले चलाएका बेला बस दुर्घटना भएको हो । बस सडकबाट करिब २० मिटर खसेको थियो ।
दुर्घटनामा थप्रेक आरुखर्ककी मंगलबहादुर तामाङ, अनिल तामाङ, रामेश्वर खतिवडा, लालवीर तामाङ, सपना तामाङ, छावाछिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, विष्णु बिक, लालसिंह तामाङ, सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ, अजय तामाङ घाइते इप्रका पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए । घाइते कृषबहादुर कार्कीबाहेक सबै थप्रेकका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया