तात्यो सामाजिक सञ्जाल: मन्त्रीलाई जनताको व्यङ्ग्यवाण -‘हेप्नी’ !

काठमाडौं-  सूचना प्रविधीमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो बाहिरिएपछि यतिबेला नेपाली राजनीतिक वृत्त तातेको छ । धेरैले उनले तत्काल राजीनामा दिएर छानबीनमा सघाउनुपर्ने भन्दै उनकै गाउँले लवजले ‘हेप्नी’ भन्दै व्यङ्ग्य कसेका छन् ।

स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुरा डटकम नामक अनलाईनले सार्वजनिक गरेको थियो । लगत्तै सामाजिक सञ्जालमा विभिन्न खाले वहस पैरवी भए ।

देश अधोगतिमा लाग्नुको कारण यी यस्तै ध्रष्टाचार र घुसखोरीम लिप्त मानसिकता जिम्मेवार रहेको भन्दै नागरिकले चिन्ता व्यक्र गरेका छन् ।

हुन पनि स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

हुन त संचार मन्त्री गोकुल बाँस्कोटाको आलोचनात्मक टिप्पणी सधैं चर्चित हुने गर्छ। उनी मिडिया र पत्रकारसामू निकै ठाडो शैलीमा प्रस्तुत हुने र अभिव्यक्ति दिने गर्छन् ।

हिजो राति सार्वजनिक भएको अडियो टेप प्रकरणपछि उनीमाथि चाहिँ त्यस्तैखाले टिप्पणीको वर्षा भइरहेको छ।

उनीसँगै जोडिएकाहरु पनि टेप प्रकरणपछि बाँस्कोटाप्रति आलोचनात्मक टिप्पणीमा सक्रिय भएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गहिरो दुख व्यक्त गर्दै प्रधानमन्त्रीको निर्णय कुरेको सम्म लेखेका छन् ।  

सबै तस्वीर सामाजिक सञ्जालबाट लिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?