सैन्य वेसमा आईएसको भीषण आक्रमण, ११ सैनिक मारिए

काबुल, १५ माघ । अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक प्रतिष्ठाननजिकै रहेको सैन्य वेसमा चरमपन्थी संगठन आर्ईएसले भीषण हमला गरेको छ स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । मारिनमध्ये ११ जना अफगान सैनिक र चार जना आईएस लडाकू रहेको बताइएको छ सो क्रममा १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ । भारी मात्रामा हातहतियारसहित आएका आतंकवादीले आक्रमण गरेका थिए सैन्य वेसको मूलगेटबाट प्रवेश गरेका आक्रमणकारीलाई दोस्रो गेट प्रवेश गर्नबाट रोकिएको राष्ट्रपतिका प्रवक्ताको भनाई छ काबुलमा जनवरी महिनामा केही भीषण हमला भएका छन् । दुई दिन अघिमात्रै तालिबानले गरेको एम्बुलेन्स बम विस्फोटमा परी करिब सय जनाको मृत्यु भएको थियो भने १५८ जना घाइते भएका थिए अफगानिस्तानमा इस्लामिक आतंकवादी संगठन आईएस र तालिबानले यस प्रकारका हिंसात्मक घटना घटाउँदै लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?