गायक रामकृष्ण ढकालको घर लिलाम गर्ने सहकारी कालोसूचिमा

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकाललाई  लालीगुराँस सहकारी कालोसूचीमा पर्ने भएको छ ।

सिन्धुपाल्चोकमा आयोजनास्थल रहेको भैरवकुण्ड हाइड्रोपावरको संस्थापक लगानी कर्ता समेत रहेको लालीगुराँस सहकारी समेत कालोसूचीमा पर्ने भएको हो ।

सानिमा बैंकलगायत बैंक अफ काठमाण्डू, एनएमबी बैंक, एनआइसी एशिया बैंक र मन्जुश्री फाइनान्स तथा ग्लोबल आइएमई बैंकले भैरवकुण्ड हाइड्रोपावर लिलामीको सूचना बिहिवारर प्रकाशित गरेको छ ।

ति बैंकका तर्फबाट प्रकाशित भएको सूचनाका अनुसार आगामी १५ दिनभित्र उक्त हाइड्रोपावर लिलामी गर्न लागिएको हो ।

सहकारी नियमावली २०७५ का अनुसार सहकारीको ऋण अपचलन गर्ने, तोकिएको समयभित्र ऋणको ब्याज र सावा नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।

लालीगुराँसबाट ऋण लिएपछि गायक ढकालले चरम हैरानी पाएको दाबी गर्दै आएका छन् भने उनले सहकारीले आफ्नो घरजग्गा हडपेको आरोप पनि लगाउँदै आएका छन् ।

ढकालले लालीगुराँस सहकारीबाट करिब १७ प्रतिशत ब्याजमा १ करोड ८० लाख रुपैयाँ लोन लिएका थिए । सोही ऋणको आधारमा उनले २ करोड २५ लाख रुपैयाँ बराबरको घर किनेका थिए ।

केही समयअगाडि ढकाल र उनकी श्रीमतिबीच सहमतीमा डिर्भोस समेत भईसकेको छ । त्यसलाई पनि कतिपय मानिसले ऋणसँग जोडेर हेरेका थिए ।

भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु छन् भने ६ वटा संस्थागत जमानतकर्ता रहेका छन् ।

जसमा ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था पनि संस्थागत रुपमा जमानतकर्ता रहेको छ ।

यदि हाइड्रोपावरले ऋण नतिरेमा लालिगुराँस सहकारी पनि स्वतः कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्दछ ।

२०७५ र ७६ को रिपोर्ट अनुसार लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ भने ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।

बैंक स्रोतका अनुसार भैरवकुण्डले बैंकहरुलाई ४० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?