महान वैज्ञानिक आइन्स्टाइनको मन पर्ने खेलौना लिलामी हुँदै

काठमाडौं । महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्तबाट व्रह्माण्डको नियम बताएका थिए । उनको यहि सिद्धान्तले नै सारा विश्व परिवर्तन भयो ।

आइन्स्टाइनलाई मन पर्ने खेलौना मोजेक पर्ल गेम अर्काे महिना नीलामी गर्ने कार्यक्रम आयोजना हुँदै छ । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार आइन्स्टाइनको उक्त खेलौना ६० हजार डलरमा बेचिन लागेको हो ।

उक्त खेलौनामा ५२० रंगिन मोती र स साना बलहरु हुनेछन् । खेलौन प्याट्रोन बनाउनको लागि पञ्च होल फ्रेममा सजाइन्छ ।

युनिक सामानहरु संग्रहि तगर्नेवालाका अनुसार आइन्सस्टाइनको उक्त दुर्लभ खेल संग्रहणीय छ । उक्त खेल युवाहरुलाई सिक्नका लािग राम्रो टूल पनि हो ।

खेलौना, आकारमा ७.३ लामो, १.५ चौडाईको रहेको छ । उक्त खेलौना सन् १८७० तिरको भएको अनुमान गरिएको छ । उक्त गेम आइन्स्टाइनले आफ्नो जीवनभर राखेका थिए ।

उक्त खेलले नै उको शुरुवाती विकासमा अहम भूमिका निभाएको थियो । उनकी बहिनी मेजा एप्सिस्टीनले अल्वर्टले सानो बेलामा खेलेका सबै गेमले उनको जीवको बारेमा बताएकी छन् ।

आइन्स्टाइन धेरैजसो पजल्स, बिल्डिंग ब्ल्क्स आदि खेलहरु खेल्ने गर्दथे । उक्त खेल १८ अप्रिल सन् १९५५ मा उनको निधनको बेला एक साथीलाई उपहारमा दिएका थिए ।

जसलाई १३ हजार डलरमा बेचिएको थियो । यो भन्दा अगाडि उक्त गेम टोकियोका मित्सुओ आइडा संग्रहालयमा सन् २००५ देखि सन् २००६ सम्म प्रदर्शनीमा प्रदर्शित गरिएको थियो ।

आइन्स्टाइनको जन्म १४ मार्च सन् १८७९ मा जर्मनीमा भएको थियो । सन् १९१६ मा आइन्स्टाइनको किताव जनरल थ्योरी अफ रिलेटिभिटीको प्रकाशन भएको थियो ।

उनले मात्र २६वर्षको उमेरमा थ्योरी अफ रिलेटिभिटी लेखेका थिए । उक्त कितावका कारण नै उनलाई सन् १९२१ मा नोबेल पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?