भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौं । भारतको तमिलनाडुको तिरुपुर जिल्लामा बस र एक ट्रक ठोकिँदा २० जनाको मृत्यु भएको छ ।

केरल राज्य परिवहनको बस बिहीवार बिहान अविनाशी बस्ती नजिक दुर्घटना भएको हो । यात्रुबसबाट शवहरू निकालेर तिरुपुर जिल्ला अस्पताल लगिएको छ ।

बस बेंगलुरुबाट तिरुवनन्तपुरम गइरहेको थियो । प्रहरीका अनुसार, बस बेंगलुरुबाट तिरुवनन्तपुरम गइरहेको थियो अनि कन्टेनर लरी कोयम्बटूर–सलेम राजमार्गमा विपरीत दिशाबाट आइरहेको थियो । बिहान साढे ४ बजे बस र ट्रक ठोकिएको थियो ।

प्रहरीका अनुसार मृत्युहुनेमा १४ पुरुष र ६ महिला रहेका छन ।  दुर्घटनामा बसको अघिल्लो भागलाई ट्रकले पूरै किचेको छ । दुर्घटनास्थलमा क्रेनबाट ट्रक र बसलाई छुट्ट्याइएको छ । प्रहरीहरु घटनास्थलमा खटिएका छन् ।

बसमा कुल ४८ यात्री रहेका थिए । तीमध्ये १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको अस्पताल लग्दै गर्दा मृत्यु भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?