नुवाकोट बस दुर्घटना अपडेट : १५ घाईते, ३ गम्भिर, यात्रु भन्छन्, ‘सहचालकले चलाएका थिए’

नुवाकोट – नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर – ४ कुलकुले मा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाईतेको उद्दारका लागि हेलिकप्टर घटनास्थलतर्फ जाँदै छ ।

काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा परेको हो ।

लोकपथलाई प्राप्त भएको घाईतेको नामावली हेर्नुहोस् : 
रामेश्वर खतिवडा वर्ष २९
सपना तामाङ वर्ष १७
मंगोल तामाङ वर्ष ५३
इन्दिरा खतिवडा वर्ष ७३
अनिल तामाङ वर्ष १६
छावाछिरिङ तामाङ वर्ष २५
बुद्धिबहादुर तामाङ वर्ष ३९
लालविर तामाङ वर्ष ४८
विष्णु बि क वर्ष २३
कुषबहादुर कार्की वर्ष ३९
लालसिंह तामाङ वर्ष ६२
सुरेन्द्र तामाङ वर्ष २९
रविन तामाङ वर्ष १७
राजु तामाङ वर्ष २१
अजय लामा वर्ष १८

घटनास्थलमा रहेका बसमा सवार यात्रुले सो बस सहचालक ले चलाउँदा दुर्घटना भएको बताएका छन् । यद्यपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै तस्वीर नेविसंघका नेता कृष्ण मिश्रको फेसबुक वालबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?