२ लाख रुपैयाँसहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

काठमाडौँ । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीमा कार्यरत निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्ट घुससहित पक्राउ परेका छन् ।
चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई पक्राउ गरेको हो ।
उनलाई घुस बापतको रकम १ लाख र स्रोत नखुलेको थप एक लाख गरी रु २ लाखसहित निजकै कार्यालयबाट पक्राउ गरिएको अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?