गर्भवती महिलालाई काँधमा बोकेर १८ किमी टाढाको अस्पताल

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको कुल्लुस्थित शाक्टी गाउँमा गाउँका मानिसहरुले एक गर्भवती महिलालाई काँधमा बोकेर १८ किलोमिटरको पैदल यात्रा गर्दे अस्पतालमा पुर्याएका छन् ।

उक्त गाउँमा न त अस्पताल छ न सडक नै । त्यसैले उक्त गाउँका मानिसहरुले बिभिन्न समस्याहरु झेल्दै आएका छन् । गाउँकी एक २७ वर्षीया महिला सुनिता देवी प्रसव पीडामा थिइन् ।

महिलाको अवस्था देखेर गाउँलेले उनलाई तत्कालै अस्पताल लाने विचार गरे । उनीहरुको त्यो विचार गाउँमा सवार साधन तथा सडक नभएपछि त्यत्तिकै रह्यो ।

उनका पति देवेन्द्रले गाउँलेहरुसँग सहयोग मागे र श्रीमतीलाई कुर्सीमा राखेर काँधमा बोकी १८ किलोमिटर टाढाको अस्पताल पुर्याए ।

त्यसै सिलसिलामा बर्फमा चिप्लिएर एक जनाको मृत्यु भयो । गाउँलेहरुले त्यहाँ सडक बनाउँनका लागि सरकारसँग पत्राचार गरे पनि सरकारले अहिलेसम्म कुनै काम नगरेको भारतीय सञचारमाध्यामले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?