अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य विश्वविद्यालयमा हमला

काबुल, १५ माघ । अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य विश्वविद्यालयमा आक्रमण भएको छ मार्सल फहिम विश्वविद्यालयमा सोमवार बिहानै भारी गोलाबारी र विस्फोट भएको बताइएको छ हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स काबुलमा विस्फोट गराउँदा कम्तीमा ९५ जनाको मृत्यु भएको दुई दिनमा नै पुनः अर्को हमला भएको हो स्थानीय समय अनुसार बिहान ५ बजे भएको हमलामा साना हतियारबाट गोली चलेको सुनिएको सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि सो क्षेत्रमा बाटोहरु समेत बन्द गरिएको टोलो समाचार संस्थाले जनाएको छ हमलामा के कति क्षति भयो भन्नेबारेमा अहिलेसम्म कुनै विवरण आएका छैनन् । सन् २०१७ अक्टोबरमा मार्सल फाहिम सैन्य विश्वविद्यालय बाहिर भएको विस्फोटमा परी १५ सैन्य क्याडेटहरू मारिएका थिए अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका प्रमुखले लडाकु समूहहरू शहरी क्षेत्रमा सरेकाले आतंकवादविरुद्धका लडाइँको प्रकृति पनि परिवर्तन भएको बताएका छन् । पछिल्ला केही महिनादेखि अफगानिस्तानमा आतंकवादी हमलाका घटनाहरुमा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?