वाइ वाइ ग्लोकल टीन हिरो इन्डियाको दोस्रो संस्करण हुने

काठमाडौं । ‘वाइ वाइ ग्लोकल टीन हिरो इन्डिया २०२०’ हुने भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उद्यमी सोचाइको विकास गराउने उदेश्यकासाथ उक्त कार्यक्रम गर्न लागिएको हो ।

ग्लोकल प्रा.लीले आयोजन गर्ने उक्त कार्यक्रममा समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोगामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौसलता भएका युवायुवतीले आवेदन दिन सक्ने छन् ।

दोस्रो संस्करणको घोषणा गरिएसँगै ग्लोकल प्रा. ली एवम CYDA (भारतीय पार्टनर) दुबै पक्षले खुशी ब्यक्त गरेका छन् । ग्लोकल प्रा. ली. र भारतीय राजदुतावासले काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यकम्र आयोजना गरेर उक्त संस्करणको जानकारी गराएका हुन् ।

संस्करणका लागि आवेदन जनवरी ७, २०२० का दिन खुल्ल गरिसकिएको आयोजकले जनाएको छ । ग्लोकल टीन हिरो २०१९ बाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरिहरु सम्मनित भएक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?