महरालाई संसदमा बाटो खुल्यो !

काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई बलत्कार आरोप लागेर अदालतबाट सफाई पाएका पूर्वसभामुख कृष्णबहादुर महराको निलम्बन भएको संसद पद फुकुवा भएको छ ।

जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मंगलबार संसद बैठकलाई जानकारी गराएका थिए ।

अदालतको पत्रसँगै अब महरा संसद बैठकमा सहभागी हुन पाउने भएका छन् । महरालाई सोमबार अदालतले सफाई दिएको थियो । उनी असोज १९ मा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?