महराले षडयन्त्रको पर्दाफास गर्ने

आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । जिल्ला अदालत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमलटारस्थित निवासमा महराले उपरोक्त कुरा बताएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘बलात्कारको आरोपमा मलाई षडयन्त्रपूर्ण ढंगले फसाउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने षड्यन्त्र भयो, मिडियामार्फत् विस्तारै पर्दाफास गर्दै जानेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?