अर्का पूर्वमन्त्री पनि बालुवाटार प्रकरणमा तानिए

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल सरजंग कम्पनीको टिकिन्छा गुठीमार्फत मोही दिने प्रक्रिया सुरु गरेको अनुसन्धानमा खुलेको छ । मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?