युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसंघीय प्रतिनिधिले भेटे सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन् ।
सभामुख सापकोटासंग आज नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । भेटमा नर्वेजियन राजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गर्नुभएको छ । युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गनुभएको थियो । गत माघ १३ गते सभामुख पदको सपथ लिनुभएका सापकोटासंग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदुतले प्रत्यक्ष भेटगरी शुभकामना दिईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?