महरा रिहा भएपछि बाबुरामले भने–जे हुनु भैगयो….

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानूनी नभएर नैतिक भएको बताएका छन् । उनले आफ्नो अनुमान अनुरूप नै फैसला आएको पनि बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बाबुरामले सत्य पनि यही भएको भन्दै सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन् ।

उनले जे हुनु भएसकेको भन्दै अब बृहद सामाजिक राष्ट्रिय मुद्दामा केन्द्रित हुन महरालाई सुझाव दिएका छन् ।
स्मरण सहोस् महरा बाबुरामका पूर्वसहयोद्वा समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?