तुम्वाहाङ्फेले कानूनमन्त्रीको सपथ लिइन्, आजै पदभार ग्रहण

काठममाडौं ।  डा.शिवमाया तुम्वाहाङ्फे कानून न्याय तथा संसदीय मामिलामन्त्रीको सपथ लिएकी छिन् ।

तुम्वाहाङ्फे सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । सपथपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहरण गरेकी छिन् ।

तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

उपसभामुखबाट राजीनामा दिएको केहि दिनपछि तुम्वाहाङ्फेलाई कानून मन्त्रीको जिम्मा दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?