‘प्रकाण्ड’का छोरा नरेन्द्र पक्राउ

काठमाडौं । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?