सभामुख सापकोटा र नर्वेका राजदूतबीच भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसें बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा सोमबार भएको शिष्टाचार भेटमा राजदूत जोहानेसेंले भर्खरै निर्वाचित सभामुख सापकोटालाई शुभकामना दिए ।
भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । राजदूत जोहानेसेंले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत कुराकानी गरेका छन् ।  File : photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?