दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज

सियोल । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् ।

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी) का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उनी गत फेब्रुअरी ११ मा अस्पताल भर्ना हुनु भएको थियो ।

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ ।

ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आउनु भएको थियो । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएका हुन् ।

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?