आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप !

काठमाडौं-  रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको बताएको छ । उता, सत्तारुढ पार्टीको भातृ संगठनले नेवि संघ कुटपीटमा आएकोले प्रतिकार मात्रै गरेको जनाएको छ । प्रहरीले नेविसंघकै पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएर केहिबेरमा छोडेको नेविसंघ आरआर सभापति सञ्जीव ढकालले लोकपथलाई बताए ।

पक्राउ भएका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?