आजबाट काठमाडौंमा बिजुलीको तार ‘अन्डरग्राउण्ड’, प्रधानमन्त्रीबाट सुभारम्भ

काठमाडौं । आजबाट काठमाडौंमा बिजुलीका तार ‘अन्डरग्राउण्ड’ गर्न सुरु गरिएको छ ।

पहिलो चरणमा आजबाट रन्तपार्क र महाराजगञ्जको विद्युत वितरण केन्द्र अन्तरगतका क्षेत्रमा तार भूमिगत गर्ने काम सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउन आज शुभारम्भ गरेका छन् ।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणले बिजुलीको तार भूमिगत गर्न सुरु गरिएको हो ।

प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको थालनी भएको हो ।

एसियाली विकास बैंक (एडिबी) को १५ अर्ब रुपैयाँ ऋण सहयोग उक्त काम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?