यूकेमा अविरल वर्षा, दक्षिणी वेल्समा रातो सङ्केतको चेतावनी

काठमाडौं । यूकेमा अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा रातो सङ्केतको चेतावनी जारी गरेको छ ।

नदीहरू बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी क्षत्रमा बाढीको चेतावनी जारी गरिएको छ ।

आइतवार रातिसम्मका लागि रातो सङ्केतले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन् ।

स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ । सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ ।

यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ ।

शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?