ललितपुर- ललितपुर महानगरपालिकाले सोमबार आज सार्वजनिक बिदा दिएको छ ।
महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले आज एक दिन शोकबिदा दिएको हो । ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो । महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।
ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको आइतबार निधन भएको थियो । शाक्यको उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया