मुख्यमन्त्रीको कार्यकक्षमै मदिरापान प्रकरण के हो ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले आज विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यही फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन भएको र सोही अवसरमा उहाँका आफन्तहरु (जेठानका परिवार) बेलायतबाट आएकाले मुख्यमन्त्री निवासमा पाहुनाको खानाको प्रबन्ध एवं पारिवारिक जमघटमा रहेका तस्बिरलाई अतिरञ्जित गर्नु विडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गुरुङ जातिको संस्कारअनुसार पारिवारिक जमघटमा कुनै मर्यादा विपरीतको कार्य नभएको भन्दै सो विषयमा नागरिकलाई भ्रममा नपर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?