४ वर्षको उमेरमै हजार किताव पढिसकेकी यी बालिका !

काठमाडौं । सामान्य मानिसले आफ्नो जीववनभरि एक हजार वटा किताव पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजार भन्दा धेरै किताव पढिसकेकी छिन् ।

डालिया मेरी आराना नामकी एक बालिकाले १८ महिनाकी हुँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैँ किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा धेरै किताव पढेर सकेकी छिन् ।

त्यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताव पढ्न रुचाउँछिन् । उनले राम्रोसँग पढ्न सक्छिन् र केही लामा शव्दको अर्थ नबुझेमा मात्र अभिभावकको सहयोग लिने गर्दछिन् ।

उनकी आमा हालिमा र बुवा मुगुएलका अनुसार डालियाले जन्मेदेखि नै आफूले पढेको ध्यान दिएर हेर्ने गरेको अनुभव सुनाउँछन् । साथै दिदी दाईले पढ्ने गरेको पनि उनले सानैदेखि ध्यान दिएर सुन्थिन् ।

१८(१९ महिनाकी हुँदासम्म उनले धेरै अक्षर चिनिसकेकी आमा हालिमा बताउँछिन् । ति बालिकाको पठन क्षमतालाई कदर गर्दै उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइबेरी अफ कंग्रेसमा एक दिनका लागि लाइबेरियन बनाइएको थियो ।

लाइबेरियन कार्ला हेडनसँग मिलेर उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालेकि पनि थिइन् । दिनभरमा उनले पुस्तकालयको बैठकमा सहभागी भएर भेटघाटका साथै पुस्तकालयको निरिक्षण पनि गरेकी छिन् ।

साथै उनले पुस्तकालय व्यवस्थापनलाई पुस्तकालयमा सेतो बोर्ड टाँग्न सुझाव दिएकी छिन् । किनभने पुस्तकालयमा जाने बालबच्चाहरुले लेख्न सिक्न सकून् ।

आगामी सत्रमा किन्डरगार्टनमा भर्ना हुने बेलासम्म १५ सय किताव पढिसक्ने उनको लक्ष्य रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?