५ वर्षीय बालकले बचाए बहिनीको ज्यान, पाए यति ठूलो सम्मान

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको बार्टाे काउन्टीमा बस्ने एक ५ वर्षका बच्चाले आगोमा फसेका आफ्ना परिवारलाई बचाएपछि ‘लाईफ सेभिङ्ग अवार्ड’ बाट सम्मानित गरिएको छ ।

उक्त सम्मान एक प्रोफेसनल फायर स्टारलाई उसले महत्वपूर्ण काम गरेपछि मात्र दिने गरिन्छ । नोआ वुड्स नामका ति बालकले आगोमा फसेकी आफ्नी २ वर्षकी वहिनीलाई आगो बलिरहेको भर्याङबाट बाहिर निकालेका थिए ।

घरमा आगो लागेपछि उनले त्यसबारेको सूचना अंकललाई दिएका थिए । साथै उनले घरमा बसेका अन्य ७ जनालाई पनि घरमा आगो लागेको बारेमा जानकारी दिएर सबैको ज्यान बँचाएका थिए ।

नोआको बहादुरीको सम्मान गर्दै बार्टाे काउन्टी फायरफाइटर डिपार्टमेन्टले लाईफ सेभिङ्ग अवार्ड प्रदान गरेको थियो । साथै डिपार्टमेन्टले आफ्नो फेसबुक पेजमा पनि उनको बहादुरी प्रति सम्मान गर्दै पोस्ट शेयर गरेको छ ।

फायर डिपार्टमेन्टका चिफ ड्वेन ज्यामिसनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग कुरा गर्दै आगो निभाउन त्यहाँ पुग्दा पहिल्यै उक्त बालकले सबैलाई सूचना दिएर ज्यान सबैको ज्यान बँचाएको बताएका छन् । घरको बेडमा आगो इलेक्ट्रिक सर्ट भएर लागेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?