२०७८,बैशाख,२४,शुक्रवार

जब विवाहित महिलाले प्रेमीको विवाह प्रस्ताव अस्विकार गरिन् !


काठमाडौं । भारतको फरिदपूरमा बस्ने एमबिए पढ्दै गरेका एक व्यक्तिले आत्महत्या गर्ने प्रयाश गरेका छन् । आत्महत्या गर्नुपूर्व उनले फेसबुकमा सुसाइड नोट लेखेर पोस्ट गरेका थिए ।

साथै सुसाइड नोटमा उनले आफ्नो पूरै प्रेम कहानी लेखेका थिए । त्यसपछि उनले कोठामा ढोका लगाएर विष खाए । तर परिवारले त्यो बारेमा थाहा पाएपछि तत्कालै उनलाई ढोका फोरेर अस्पताल लगेका थिए ।

फरिदपूरको महादेव मोहल्लेमा बस्ने केशव शर्मा एक निजी कलेलमा अध्ययन गर्दै थिए । भारतीय सञ्चारमाध्यामका अनुसार बरेलीको बारादरीमा बस्ने एक महिलासँग केशवको फेसबुकबाट चिनजान भएको थियो ।

त्यसपछि महिलाले केशवले पढ्ने कलेजमा नै भर्ना गरेकी थिइन् । त्यहि बेला नै उनीहरुको पहिलो भेटघाट भएको थियो । भेटेको केहि समयपछि उनीहरुको एक अर्कालाई मायाँ गर्ने भन्दै भेटलाई प्रेममा बदलेका थिए ।

जब केशवले विवाह गर्ने प्रस्ताव गरे तब प्रेमिकाले आफू विवाहित महिला भएको बताइन् । साथै श्रीमान शिक्षक भएको बताइन् । यो कुरा सुन्नासाथ सरासर घरमा गएर केशवले आत्महत्या गर्ने प्रयाश गरेका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,फाल्गुन,४,आईतवार १७:३८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रवार साउदी अरबतर्फ प्रस्थान गरेका छन् । भ्रमणका

काठमाडौं । उडान भर्नेबित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतको मुम्बईमा सफल आकस्मिक अवतरण गरेको छ। नागपुरबाट हैदरावादका लागि उडान भरेपछि

वासिङ्टन । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने

नयाँ दिल्ली । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको

चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३