केपी ओलीको वेबसाइटमा अर्कै भिडियो, के भन्छन् आईटी विज्ञ अस्गर अली ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले प्रधानमन्त्री केपी ओलीको वेवसाइट ह्याक नभएको र हाल अश्लिल भिडियो देखिएको बेबसाइट नक्कली भएको बताएका छन् ।
उनले विगतमा ओलीको नाममा वेबसाइट बनाइएको भएपनि त्यो आधिकारिक नभएको दावी गर्दै उनले ओलीको बेवसाइट केपीशर्माओलीडटकमडटएनपी आधिकारिक भएको बताएका छन् । उनले सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक भएको समेत दावी गरेका छन् ।
ओलीको प्रष्टीकरणः
छोटकरी मा यसको वृतान्त :

विष्णु रिमाल (प्रमुख सल्लाहकार) प्रविधि मा अत्यन्त लगाव र चाख राख्नु हुन्छ। आज भन्दा ४ वर्ष अगि केपि शर्मा ओलिज्यूको पहिलो कार्यकालमा सम्माननीय ज्यूको आफ्नै व्यक्तिगत वेब साइट बनाउन विष्णु रिमाल ज्यूले हामी ३ जना (किरण माली, महेन्द्र श्रेष्ठ र म) लाई जिम्मा दिनु भयो। म चाहि अबको पिढि बढि मोबाइलमा झुम्मिने हुनाले मोबाइल एप्स् मै जाउ भन्ने तर्क गर्दै थिए र अन्त्यमा वेब साइट र एप्स् दुबै बनाउने गरी काम अगाडि बढायौं।

तर वेब साइटको लागि domain दर्ता गर्ने बेला हामीले खोजेको नाम www.kpsharmaoli.com त पहिले नै अर्कै ले किनेर प्रधानमन्त्री ज्युका केहि व्यक्तिगत् सामग्री राखेर चलाइराखेको पाइयो। त्यो domain name हामीले प्राप्त गर्न अनेकौ कोशिष गर्यौ तर केहि गरि पनि यो साइट चलाउने ब्यक्ति सम्पर्कमा आएनन्। अनि हामीले www.kpsharmaoli.com.np दर्ता गरेर यो साइटको सुभारम्भ गर्यौ जो बिगत् ४ बर्ष देखि सन्चालन मा छ र बिगत २ वर्ष देखि एप्स् पनि सन्चालनमा छ।

अहिले भ्रम सृजना गरिराखेको वेब् साइट www.kpsharmaoli.com यसको सर्वाधिकार कहिले पनि हाम्रो अधिनमा थिएन त्यसैले यसको renew गर्ने कुरा हुदैन । तर पनि यसलाइ block गर्न हामी हर सम्भव प्रयास गरिरहेका छौ र हाल यो साइट नेपाल का सबै ISP (Internet Service Provider) बाट प्रतिवन्ध लगाइसकेका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?