नयाँ बसपार्क क्षेत्रबाट १६ महिलासहित ५७ जना समातिए, छुरी हानेर भाग्ने पनि पक्राउ

काठमाडौँ । गोंगबु नयाँबसपार्क शुद्धीकरण अभियान अन्तर्गत संचालित स्वीप अपरेशका क्रममा शनिबार ५७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेश्याबृत्ति गर्ने, पाकेटमार र फरार अभियुक्त समेत रहेका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार फरार अभियुक्त शनकाजी दर्जीसहित विभिन्न शंकास्पद गतिविधिमा संलग्न शिवपुरी गेष्ट हाउसको संचालक बिनोद भट्टराई र दलाल बिष्णु थापा, मुस्ताङ गेष्ट हाउस संचालक नरेन्द्र पोमु, दलाल अशोक पोमु, पोखरा गेष्ट हाउसका दलाल कमल काराखेती, बाग्लुङ स्वादिष्ट भोजनालयका संचालक सोम बहादुर तामाङ गरि ४०पुरुष ,१६ महिला र १ तेस्रो लिङ्गी गरि जम्मा ५७ जनालाई पक्राउ गरिएको हो ।

यसैबीच गत माघ २४ गते बसुन्धरामा बा २१ च ९६१८ मारुती भेनको चालक खिल बहादुर राना लाई छुरी हानी भाग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोखा ८ बस्ने बिप्लव कुँवर र काठमाडौँ महानगरपालिका ३ बस्ने रावल श्रेष्ठ शिल्पकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?