चर्चित किसान शशी पौडेललाई ‘प्रदेश रत्न विभूषण’

बुटवल । अगुवा कृषक शशीधर शर्मा पौडेललाई प्रदेश ५ सरकारले विकाशरन्त विभूषणाबाट विभूषित गरेको छ ।
प्रदेश स्थापनको तेस्रो वर्षको अवसरमा बुटवलमा शनिबार आयोजना गरिएको विशेष समारोहमा प्रदेश ५ प्रमुख धर्मनाथ झा, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी,लगायतले उनलाई विभूषण प्रदान गरेका हुन् । कृषि क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको भन्दै किसान पौडेललाई सम्मान गरिएको हो ।


उनले नेपालमै सबैभन्दा बढी गाई पालन गर्ने किसानको रुपमा पहिचान बनाएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढमा किसान पौडेलले लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्ज सेन्टर नामको गाई फर्म सञ्चालन गर्दै आएका छन् । उनको फर्ममा हाल ६ सय भन्दा बढी गाई छन् ।

समारोहमा अन्य ३४ जनालाई पनि विभिन्न पदक प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?